काठमाडौँको पेप्सीकोलाबाट देखिएको झिलिमिली [तस्बिरहरू]

दिपेश श्रेष्ठ २६ कार्तिक २०८० २२:३२ | Sunday, November 12, 2023
काठमाडौँको पेप्सीकोलाबाट देखिएको झिलिमिली [तस्बिरहरू]

काठमाडौँ– नेपालीको दोस्रो ठूलो चाडअन्तर्गत आइतबार घरघरमा धनकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा पर्व मनाइएको छ। बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको हो। यस क्रममा सहरी क्षेत्र झिलिमिली बत्तीले झलमल्लै पारिएको छ।

घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिएको छ। लक्ष्मीपूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पिठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइएको थियो। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइएको थियो।

दीपावली गरिसकेपछि पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिएको छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ।

 

प्रकाशित: २६ कार्तिक २०८० २२:३२ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast