कतारका विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

हिमाल प्रेस ६ मंसिर २०८० २१:१९ | Wednesday, November 22, 2023
कतारका विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौँ- कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहीबार काठमाडौँ आउँदैछन्।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज (बुधबार) जनाएको छ।

विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। राज्यमन्त्री अल–मुरैखीस भ्रमण सम्पन्न गरी शुक्रबार काठमाडौंबाट प्रस्थान गर्नेछन्।

प्रकाशित: ६ मंसिर २०८० २१:१९ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast