एम एड र एमएसएसईडीमा खुल्यो भर्ना

हिमाल प्रेस २ मंसिर २०८० ७:२३ | Saturday, November 18, 2023
एम एड र एमएसएसईडीमा खुल्यो भर्ना फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले शैक्षिक सत्र ०८०/८१ का लागि सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह एम एड र एमएसएसईडीको भर्ना खुलाएको छ। विश्वविद्यालयले प्रथम सेमेस्टरका लागि भर्ना खुलाएको हो।

भर्नाका लागि आवेदन फाराम यही मंसिर २५ गतेभित्र बुझाउन सकिने शिक्षाशास्त्र संकाय डीनको कार्यालय बल्खुले जनाएको छ।

डीन कार्यालयका अनुसार मंसिर २९ गते शुक्रबार दिउँसो १ बजे प्रवेश परीक्षा, नतिजा प्रकाशन पुस ४ गते,भर्ना पुस १० गतेसम्म र कक्षा सञ्चालन पुस ११ गतेदेखि हुनेछ।

आवेदन फाराम विद्यार्थीहरूले भर्ना हुन चाहेको क्याम्पसमा सम्पर्क गरी अनलाइनमार्फत बुझाउनुपर्नेछ। आवेदन फाराम शिक्षा संकालयको वेबसाइटमा उपलब्ध रहेको डीन कार्यालयले जनाएको छ।

प्रवेश परीक्षा शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: २ मंसिर २०८० ७:२३ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast