एमालेको मध्यपहाडी पदयात्रा सुरु हुँदै

हिमाल प्रेस १४ मंसिर २०८० ७:०८ | Thursday, November 30, 2023
एमालेको मध्यपहाडी पदयात्रा सुरु हुँदै

काठमाडौँ- नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग हुँदै मेची महाकाली पदयात्रा सुरु गर्दैछ।

बिहीबार बिहान बैतडीको झुलाघाटमा एक समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्दै छन्। त्यसका लागि अध्यक्ष ओली बुधबारै बैतडी पुगेका छन्।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू बैतडी पुगेका छन्।

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गर्न लागेको हो।

नेपालको पश्चिमी बिन्दु झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेर ओलीसहितको टोली पूर्वतर्फ लाग्ने छ।

झुलाघाटदेखि सुरु हुने पदयात्रा १ हजार ७७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिने एमालेले जनाएको छ। १९ दिनसम्म चल्ने यात्राको समापन भने पुस ५ गते काठमाडौँमा गर्ने एमालेको तयारी छ।

 

प्रकाशित: १४ मंसिर २०८० ७:०८ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast