एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त

हिमाल प्रेस २४ कार्तिक २०८० १५:४८ | Friday, November 10, 2023
एभरेष्ट बैंकको अध्यक्षमा बालगोपाल वैद्य नियुक्त

काठमाडौँ– एभरेष्ट बैंक लिमिटेडको ३६०औँ सञ्चालक समितिको बैठकले डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ। उनी यसअघि बैंकको सञ्चालक समितिका सदस्य थिए।

वैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। वैद्य २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य छन्।

राष्ट्रिय योजना आयोगमा सदस्यको रूपमा काम गरिसकेको वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन्। उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्यसमेत भइसकेका छन्।

प्रकाशित: २४ कार्तिक २०८० १५:४८ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast