अहिले कांग्रेस आत्तिने र बरालिने समय होइन : गगन थापा

हिमाल प्रेस ६ मंसिर २०८० १६:३८ | Wednesday, November 22, 2023
अहिले कांग्रेस आत्तिने र बरालिने समय होइन : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको राजनीतिक अवस्था देखेर कांग्रेस आत्तिने र बरालिने समय नभएको बताएका छन्। बुधबार पार्टीको नवलपरासी क्षेत्र-२ को सम्मेलनको उद्घाटन गर्दै थापाले बाहिरको माहोल हेरेर कांग्रेस नआत्ति सम्हालिनुपर्ने बताएका हुन्।

‘बाहिरको माहौल जे छ, त्यो माहौल देखेर नेपाली कांग्रेसका साथीहरू आत्तिने होइन। बरालिने पनि होइन। हामी सम्हालिनुपर्नेछ,’ महामन्त्री थापाले भने, ‘बदलिएको र बलियो कांग्रेसले बरालिएको अहिलेको अवस्थालाई सम्हाल्ने हो। हामी बलियो बनौँ नबरालिँऔं, समाजभित्रका तमाम कुरा हेरौँ, यसबाट सिकौँ।’

उनले जनताप्रति असन्तुष्टि बढेको भन्दै त्यसलाई सम्बोधन गरेर सन्तुष्ट हुने वातावरण बनाउन राजनीतिक स्थायीत्व नै विकल्प भएको बताए। ‘जनताप्रति अहिले असन्तुष्टि बढ्दै गएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो बदनियत राखेको छ । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र सङ्ख्या आफैँ घट्दै जान्छ’ उनले भने।

उनले गणतन्त्रमा नाकगरिकले व्यवस्थामाथि प्रश्न उठाउने पाउने तर कानुनको सीमाभित्र रहेर अधिकार प्रयोग गर्नुपर्ने पनि बताए।

प्रकाशित: ६ मंसिर २०८० १६:३८ | Wednesday, November 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast