काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका नारायण सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा उपरथी दर्जामा विशेष पदोन्नति भएका सिलवाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसअघि सिलवालले द्रुतमार्ग निर्माण अनुगमन समिति अध्यक्ष र सैनिक प्रवक्ताका रूपमा समेत काम गरिसकेका छन्।
प्रधानसेनापतिले सो अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका तीनजना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दज्यानी चिह्न प्रदान गरे।
प्रकाशित: ११ मंसिर २०८० २१:३७ | Monday, November 27, 2023
प्रतिक्रिया





