काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच सिंहदरबार भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री साउदसँग भेटघाटका लागि परराष्ट्र मन्त्रालय पुगेका गुटेरेसलाई सहसचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। त्यसपछि मन्त्री साउदसहितको सरकारी टोली र महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको हो।
गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। नेपालको चार दिने औपचारिक भ्रमणका लागि गुटेरेस शनिबार राति काठमाडौँ आएका हुन्।
प्रकाशित: १२ कार्तिक २०८० १४:११
प्रतिक्रिया