दसैँ दुर्घटना तथ्यांक : कोशी प्रदेशमा १३५ दुर्घटना, १६ जनाको मृत्यु

हिमाल प्रेस १२ कार्तिक २०८० ११:१५
22
SHARES
दसैँ दुर्घटना तथ्यांक : कोशी प्रदेशमा १३५ दुर्घटना, १६ जनाको मृत्यु

इटहरी– कोशी प्रदेशमा दसैँ अवधिभर भएको दुर्घटनामा १६ जनाको मृत्यु भएको छ। दसैँको ६ दिनमा १३५ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परेर १६ जनाको मृत्यु भएको छ। २६५ जना घाइते भए।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार कात्तिक ५ गते फूलपातीदेखि ११ गते कोजाग्रात पूर्णिमाको दिनसम्म १६ जनाको मृत्यु भएको हो। ट्राफिक प्रहरीको तथ्यांकअनुसार १३५ वटा सवारी साधन दुर्घटना हुँदा उक्त संख्यामा मृत्यु भएको हो।

ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलका अनुसार दसैँमा ६ हजार ६२८ वटा सवारीसाधन कारबाहीमा परेका छन्। कारबाही गरिएको सवारीसाधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको उनले बताए।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ। आर्थिक वर्ष २०७९/०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा दुर्घटनामा कमी आएपनि मृत्यु हुने संख्यामा कमी नआएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =