उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, भीभीआईपी कक्षमा राखेर उपचार

हिमाल प्रेस ४ कार्तिक २०८० १४:५०
12
SHARES
उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, भीभीआईपी कक्षमा राखेर उपचार

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको छ। बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेका  श्रेष्ठको स्वास्थ्य अवस्था निकै सुधारोन्मुख रहेको चिकित्सकलाई उधृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको हो। श्रेष्ठको उपचार अस्पतालको  भीभीआईपी उपचार कक्षमा भइरहेको छ। चिनियाँ अधिकारीले उनको स्वास्थ्य आवस्थाबारे पलपल जानकारी लिइरहेका छन्।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले पनि  उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिए। उनले भने, ‘उपप्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था राम्रो छ। उहाँसँग दोहोरो संवाद पनि लगातार भइरहेको छ।’  उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई भेट्न पुगेका अस्पताल पुगेका चिनियाँ अधिकारीहरूसँग पनि कुराकानी गर्न थालेका छन्। बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को तेस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ पुगेका श्रेष्ठ एक्कासि बिरामी भएका थिए। उनलाई असजिलो भएपछि बिहीबार राति नेपाली समयअनुसार दुई बजे अस्पताल लगिएको थियो।

मन्त्री श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फेक्सन भएको र उनको कोरोनी एन्जियोग्राम जाँचका क्रममा मुटुको बायाँ धमनी बन्द भएको देखिएपछि स्टेन्ट राखिएको छ।  श्रेष्ठ तेसो बीआरआई शिखर सम्मेलनमा सहभागी हुन सोमबार बेइजिङ पुगेका हुन्। बेइजिङमा बुधबार आयोजित तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’को उद्घाटन समारोहमा सहभागी उपप्रधानमन्त्री श्रेष्ठले साझा विकासका लागि हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चलाई सम्बोधन गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले भने, सम्मेलनमा भाग लिन आएको एक्कासि के आइलाग्यो?

प्रकाशित: ४ कार्तिक २०८० १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =