कोशीमा राप्रपाले गर्‍यो प्रमुख प्रतिपक्षीको दाबी

हिमाल प्रेस २ कार्तिक २०८० १७:४३
12
SHARES
कोशीमा राप्रपाले गर्‍यो प्रमुख प्रतिपक्षीको दाबी कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ। कोशी प्रदेशका सबै दलले सरकारलाई विश्वासको मत दिएर समर्थन गरेपछि राप्रपाले यस्तो दाबी गरेको हो।

प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बिहीबार कोशी प्रदेश सभामा निवेदन दिएका छन्।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतको निर्वाचनमा राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएकाले प्रतिपक्षमा मतदान गरेकै कारण आफूहरुले प्रमुख प्रतिपक्षीको भूमिका पाउनुपर्ने राप्रपाको माग छ।

नेता सिटौलाले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को दफा २ को ङ मा स्पष्ट रुपमा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेकको बढी सदस्य भएको दलका नेतालाई प्रमुख प्रतिपक्षी दलको नेता बनाउने उल्लेख भएकाले आफूहरूले दाबी गरेको बताए।

मुख्यमन्त्री केदार कार्कीले बुधबार लिएको विश्वासको मतमा एमालेका ३९, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना गरी ८६ मत परेको थियो भने विपक्षमा राप्रपाको ५ मत मात्रै परेको थियो।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार प्रमुख प्रतिपक्षी दलका नेताले सुविधाको गाडी र सुरक्षा गार्डका साथै प्रमुख सचेतकले पनि सुविधाको गाडी पाउने व्यवस्था छ।

प्रकाशित: २ कार्तिक २०८० १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =