काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
लाओसको वियनतियानेस्थित राष्ट्रिय रंगशालामा मंगलबार साँझ सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो।
नेपालको जितमा मनीष डाँगीले निर्णायक गोल गरे। उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नेपालका लागि निर्णायक साबित भयो। मनीषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।
नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए। नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: ३० असोज २०८० २०:५५
प्रतिक्रिया