प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य जाँच गराउन नर्भिकमा

हिमाल प्रेस ३० असोज २०८० १९:२३
30
SHARES
प्रधानमन्त्री प्रचण्ड स्वास्थ्य जाँच गराउन नर्भिकमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्य परीक्षणको लागि नर्भिक पुगेका छन्। उनलाई छातिमा केही असहज भएपछि नर्भिक पुगेका हुन्। उनले आफलाई असहज भएपछि डा. युवराज शर्माको सल्लाह अनुरुप  औषधी लिने गर्छन्। उनी मंगलबार साँझ पनि त्यही चेकअप गराउन नर्भिक गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

उनका अनुसार ठूलो समस्या केही होइन सामान्य चेकअपमा प्रधानमन्त्री नर्भिक गएका हुन्। उच्च रक्तचाप  (ब्लडप्रेसर)को औषधी सेवन गर्दै आएका प्रधानमन्त्री प्रचण्ड छातीमा केही असहज भएपछि चिकित्सकको सल्लाह लिने र देखाउने गर्छन्। उनी केहीबेर अघिमात्र नर्भिक पुगेका हुन। उनको परीक्षणहरु हुँदै गरको आचार्यले बताए।

प्रकाशित: ३० असोज २०८० १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =