परराष्ट्रमन्त्रीले भने : इजरायलमा निधन भएका पाँच नेपालीको शव ल्याउने तयारी भइरहेको छ

हिमाल प्रेस २९ असोज २०८० १७:१३
8
SHARES
परराष्ट्रमन्त्रीले भने : इजरायलमा निधन भएका पाँच नेपालीको शव ल्याउने तयारी भइरहेको छ

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए।

‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ। १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ। उनीहरूको निधन भएको छ। उनीहरूमध्ये केही मानिस घाइते भएका छन्। विपिन जोशी अज्ञात छन्,’ उनले भने, ‘त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ। बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ।’

प्रकाशित: २९ असोज २०८० १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =