माओवादी पूर्वलडाकुका नाममा सेनामा चलखेल नगरौँ : कोइराला

हिमाल प्रेस २८ असोज २०८० ८:२६
10
SHARES
माओवादी पूर्वलडाकुका नाममा सेनामा चलखेल नगरौँ : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा भइरहेको चलखेल अस्वीकार्य रहेको टिप्पणी गरेका छन्। उनले माओवादीको पूर्वलडाकुका नाममा नियमको दुरुपयोग भइरहेको भन्दै त्यसलाई अस्वीकार्य रहेको बताएका छन्।

डा. कोइरालाले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन।’

कोइरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउन सक्ने बताएका छन्। उनले भनेका छन्, ‘यस्तो कार्य नगरौँ। सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस्।’

नेपाली सेनाका सहायक सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्न लागिएको विषयमा शंका व्यक्त गर्दै कोइरालाले यस्तो टिप्पणी गरेका हुन्।

अधिकारी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन गरिएकामध्ये सबैभन्दा माथिल्लो दर्जामा पुग्ने अधिकृत हुन्। उनलाई सरकारले २०७६ असोजमा विशेष पद सिर्जना गरेर सहायक रथीमा बढुवा गरेको थियो। त्यतिबेला चार वर्षका लागि नियुक्त गरिएका अधिकारीको पदावधि स्वतः खारेज हुने बताइएको थियो।

सेना समायोजनका क्रममा माओवादीका लडाकु अधिकारी उपसेनानी बनेका थिए। त्यसपछि महासेनानी (कर्नेल) बनेका उनलाई ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरी सहायक रथी बनाइएको थियो।

प्रकाशित: २८ असोज २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =