ओलीलाई कांग्रेस महामन्त्री शर्माको कटाक्ष, म कसरी भनौँ एमाले आठ सिटको पछि लागेको छ!

हिमाल प्रेस २७ असोज २०८० १७:०१
20
SHARES
ओलीलाई कांग्रेस महामन्त्री शर्माको कटाक्ष, म कसरी भनौँ एमाले आठ सिटको पछि लागेको छ! नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कोशीमा एमाले किन ८ सिटको पछि लागेको भनेर कटाक्ष गरेका छन्।

महामन्त्री शर्माले नेकपा एमाले झापा-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै यस्तो कटाक्ष गरेका हुन्।

शर्माले भने, ‘केपी ओलीले भनिदिनुभयो, कांग्रेस ३२ सिटेको पछि लागेको छ। उहाँले सँगै लिएर हिँड्न सक्नुभएन। पुस १० गते त बनाउनुभएको थियो। आज म कसरी भनौँ कि विराटनगरमा आठ सिटका पछि एमाले लागेको छ। मैले भन्यो भनेर नभनिदिनु होला।’

उनले दलहरुबीच जति नै मतभेद र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताए। शर्माले नयाँ दलहरुको आगमनपछि पुराना दलको योगदानलाई पनि भुल्न नहुने भन्दै नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने धारणा राखे।

देशमा केही बनेको भन्दै मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। शर्माले ६२–६३ को आन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको भन्दै देशमा भएका राम्रोका काम र नराम्रा कामको सवैले जिम्मेवारी दुवै दलले लिनुपर्ने बताए। यस्तै उनले झापामा एमाले उदार भएका कारण आफू संसद्‌मा आउन सफल भएको बताए।

प्रकाशित: २७ असोज २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =