इटहरीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

हिमाल प्रेस २४ असोज २०८० ८:३४
10
SHARES
इटहरीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

इटहरी- इटहरीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार मंगलबार राति ९ः३० बजेतिर इटहरी ३ शान्तिचौक स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३१ प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २१ प ६४३१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको हो ।

दुर्घटनामा को २१ प ६४३१ नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा महालक्ष्मी नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार मोटरसाइकल चालक इटहरी ३ बस्ने ३० वर्षीय सागर तामाङ गम्भीर घाइते भएका छन्। उनको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ।

यस्तै, को ३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ९ बस्ने १८ वर्षीय साहिम थापा मगर र इटहरी ४ बस्ने २० वर्षीया स्नेहा सुब्बा सामान्य घाइते भएका छन्।

उनीहरूको इटहरीमै उपचार भइरहेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ असोज २०८० ८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =