सुदूरपश्चिममा स्क्रब टाइफसका १ हजारभन्दा बढी बिरामी

हिमाल प्रेस २३ असोज २०८० १७:३५
8
SHARES
सुदूरपश्चिममा स्क्रब टाइफसका १ हजारभन्दा बढी बिरामी सांकेतिक तस्बिर

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा भदौ र असोजमा १ हजार १ सय ५२ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार सबैभन्दा बढी कैलालीमा ४ सय ४० जना स्क्रब टाइफसका बिरामी भेटिएका हुन्।

दार्चुलामा एक सय ४०, बझाङमा एक सय ३३, अछाममा एक सय ११, डडेल्धुरामा ९४, कञ्चनपुरमा ९०, डोटीमा ८९, बैतडीमा ४८ र बाजुरामा सात जना स्टक्रब टाइफसबाट बिरामी भएका छन्।

बिरामीको सम्बन्धित जिल्लाको स्वास्थ्य चौकी र अस्पतालमा उपचार भइरहेको छ। केही बिरामी उपचारपछि निको भइसकेका छन्। गत वर्ष स्क्रब टाइफसबाट सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय ७५ जना बिरामी भएका थिए।

प्रकाशित: २३ असोज २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =