विद्युत् विधेयक बहुमतले स्वीकृत

हिमाल प्रेस २२ असोज २०८० १६:५२
12
SHARES
विद्युत् विधेयक बहुमतले स्वीकृत प्रतिनिधिसभाको बैठक। तस्बिर : रासस

काठमाडौँ- विद्युत विधेयक, २०८० मा विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। आज प्रतिनिधिसभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि विधेयक बहुमतले स्वीकृत भएको हो।

अब विधेयकमा ७२ घण्टाभित्र संशोधन दर्ता गर्न सकिने सभामुख देवराज घिमिरेले जानकारी दिए। प्रतिनिधिसभाको अर्को बैठक असोज २५ गते बिहीबार १ बजे बस्ने गरी बैठक स्थगित भएको छ। असोज १८ गते प्रतिनिधिसभामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले विद्युत् विधेयक पेस गरेका थिए।

प्रकाशित: २२ असोज २०८० १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =