इन्जिनियर पढ्न चार लाख ९० हजार शुल्क, प्रवेश परीक्षा कात्तिक १४ देखि

हिमाल प्रेस २२ असोज २०८० १४:५१
250
SHARES
इन्जिनियर पढ्न चार लाख ९० हजार शुल्क, प्रवेश परीक्षा कात्तिक १४ देखि पुलचोकस्थित त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको कार्यालय।

काठमाडौँ– त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले बीई र बीआर्क तहको प्रवेश परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन गर्ने भएको छ। शुल्क विवादका कारण संस्थानले यसअघि भदौ २५ गतेका लागि तोकेको परीक्षा स्थगित भएको थियो। शुल्क बढाइएको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध गरेपछि प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थी अन्योलमा परेका थिए।

विद्यार्थी संगठन र सरोकारवालाहरूबीच भएको वार्तामा सहमति जुटेपछि प्रवेश परीक्षा मिति तोकिएको हो। यसैगरी इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले इन्जिनियरिङ अध्ययनका लागि नयाँ शुल्क निर्धारण गरेको छ।

समितिको असोज १९ गतेको निर्णयअनुसार (४ वर्षको) धरौटीसहित नियमिततर्फ ५६ हजार सात सय, पूर्ण शुल्कतर्फ चार लाख ९० हजार र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय रुपैयाँ शुल्क कायम गरिएको छ। नियमित भनेको छात्रवृत्तिमा अध्ययन गर्ने हो भने पूर्ण शुल्क भनेको पूरै शुल्क तिरेर पढ्ने हो।

संस्थालने यसअघि प्रवेश परीक्षा आवेदन फाराम भर्न छुट भएका आवेदकले २०८० असोज २२ गतेदेखि २४ गतेसम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भरिसक्नुपर्ने जनाएको छ।

इन्जिनियरिङ : कसले पढ्न पाउँछन्, कहाँ पढ्ने?

प्रकाशित: २२ असोज २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =