प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस २२ असोज २०८० ७:०८
6
SHARES
प्रतिनिधिसभाको बैठक बस्दै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

आजकै बैठकमा सभामुख घिमिरेले ‘विद्यत् विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित: २२ असोज २०८० ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =