राष्ट्र बैंक नीतिको परेन प्रभाव, सेयर बजार ३५ अंकले ओरालो

हिमाल प्रेस २१ असोज २०८० १५:२७
6
SHARES
राष्ट्र बैंक नीतिको परेन प्रभाव, सेयर बजार ३५ अंकले ओरालो

काठमाडौँ– आइतबार सेयर बजार परिसूचक (नेप्से) ३५.६७ अंकले ओरालो लागेको छ। गत बिहीबार नेपाल राष्ट्र बैंकले सेयर बजार अनुकूल केही नीतिगत परिवर्तन गरेको थियो।

यसअघि रहेको सेयर धितो कर्जालाई बढाएर २० करोड बनाइएको थियो। राष्ट्र बैंकले व्यक्तिगत सेयर धितोको सिमा १५ र संस्थागतलाई २० करोड पुर्‍याएको थियो। यसअघि दुवै कर्जाको सिमा १२ करोडमात्रै थियो।

सेयर बजारमैत्री नीति आए पनि बजारमा त्यसको कुनै प्रभाव परेन। आज २१३ कम्पनीको मूल्य घटेको छ। कुल २८९ कम्पनीको ५८ लाख १५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ८० करोड १७ लाख रुपैयाँको कारोबार भएको छ।

आइतबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ। कारोबार रकमका हिसाबले शिवम् सिमेन्ट पहिलो नम्बरमा रह्यो। यसको ६ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख र नबिल बैंकको ५ करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।

प्रकाशित: २१ असोज २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =