प्रतिनिधिसभाको बैठक बस्दै

हिमाल प्रेस २१ असोज २०८० ७:१४
2
SHARE
प्रतिनिधिसभाको बैठक बस्दै प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।

त्यसपछि सभामुखले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिएको छ।

प्रकाशित: २१ असोज २०८० ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =