‘रसियन सेनामा गएका नेपाली युवाको मृत्यु भएको छ परराष्ट्रमन्त्रीको जवाफ चाहियो’

हिमाल प्रेस १९ असोज २०८० १३:३५
18
SHARES
‘रसियन सेनामा गएका नेपाली युवाको मृत्यु भएको छ परराष्ट्रमन्त्रीको जवाफ चाहियो’

काठमाडौँ– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली युवा रसियन सेनामा भर्ती भएको र मृत्युवरण समेत गरेको भन्दै परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईंले परराष्ट्रमन्त्री एनपी सावदको जवाफ माग गरेका हुन्।

‘नेपाली युवाहरू रसियन सेनामा भर्ती भएर मृत्यु पनि भइसकेको अवस्था छ। रसियन दूतावासलाई हाम्रा परराष्ट्रमन्त्रीज्यूले के जिज्ञासा राख्नु भएको छ म उहाँलाई प्रश्न राख्छु,’ सांसद बजगाईंले भने।

युवाहरू रसियन सेनामा भर्तिहुन कसरी गइरहेका छन् भन्ने अहिलेसम्म खुलेको छैन।

प्रकाशित: १९ असोज २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =