अबको लक्ष्य मिसन–८४ : एमाले गण्डकी अध्यक्ष शर्मा

हिमाल प्रेस १९ असोज २०८० ११:३१
16
SHARES
अबको लक्ष्य मिसन–८४ : एमाले गण्डकी अध्यक्ष शर्मा

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा नवनिर्वाचित अध्यक्ष नवराज शर्माले अबको लक्ष्य मिसन–८४ भएको बताएका छन्। चुनाव जितेपछि संचारकर्मीसँग गएराति प्रतिक्रिया दिँदै उनले अबको लक्ष्य मिसन ८४ भएको र देशलाई स्थिरता दिन एमालेलाई कसरी बहुमतको दिशामा अघि बढाउन सकिन्छ भन्नेबारेमा लागिपर्ने प्रतिबद्धता जनाए।

उनले पार्टी कार्यालयको भवन अझै पनि भाडाको घरमा बसिरहेको हुँदा एमाले गण्डकीको नयाँ भवन निर्माणमा जुट्ने पनि उनको प्रतिबद्धता छ। आफ्नो कार्यकालभित्र पार्टी कार्यालय नयाँ भवनमा सर्ने बताए।

चुनावमा पार्टीभित्र गुट उपगुट झाँगिएको हो भन्ने ? संचारकर्मीको जिज्ञासामा उनले सबै जनालाई सँगसँगै मिलाएर लैजाने जनाए। उनले भने, ‘हरेक कुराको विधि र प्रक्रिया हुन्छ। समूहमा कमिटी बनाउने दुई विधि हुन्छ। एउटा सबैको सहमतिमा बन्छ, अर्को धेरैको सहमतिमा र्वसम्मत्, अर्को चुनाव। आखिर जे भए पनि सबै साथीहरू एउटै डुंगामा छौं।’ उनले अगाडि भने, ‘गुट उपगुट भन्ने कुरा रहँदैन। नवराज शर्माको कामबाट देख्नुहुनेछ, भोलिका दिनदेखि यहाँ कुनै पनि गुट उपगुटको अनुभूत हुने छैन।’

पोखरा सभागृहमा बिहीबार राति १ बजे नवराजका समर्थक कार्यकर्ताहरूले भने ‘पृथ्वी सुव्वा हाई हाई..’ लगायतको नाराबाजी गरेका छन्। प्यानलसहित चुनावमा होमिएका नवराज खासमा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङ समर्थित हुन्। म्याग्दीका नवराजले लमजुङका मायानाथ अधिकारीलाई १ सय ६६ मतअन्तरले हराएका हुन्। पदाधिकारी सबैमा नवराज प्यानलले जितेको छ।

एमाले गण्डकीमा विगतदेखि नै पृथ्वीसुव्वा र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुट रहेको कार्यकर्ताहरू स्वयं बताउँछन्। पृथ्वीसुव्वा र खगराज दुवै जना गण्डकी सरकारका पूर्व मुख्यमन्त्री हुन्। निर्वाचित नवराजले कुल खसेको ८ सय ९६ मतमध्ये ५ सय ३१ प्राप्त गर्दा अधिकारीले ३ सय ६५ मत ल्याएका हुन्।

उपाध्यक्षमा स्याङ्जाका मीनप्रसाद गुरुङ विजयी भए। उनले ५ सय ३४ मत प्राप्त गर्दा प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे।सचिवमा लमजुङका धनञ्जय दवाडी निर्वाचित भए। उनले ५ सय २० मत प्राप्त गर्दा कास्कीका रश्मि आचार्यले ३ सय ६७ मत प्राप्त गरे।

उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत निर्वाचित भए। उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए।उपसचिव महिलातर्फ पर्वतकी मञ्जु अधिकारीले ५ सय ३१ मत ल्याएर निर्वाचित हुँदा कास्कीकी मीना गुरुङले ३ सय ६५ मत प्राप्त गरिन्।

गत असोज १५ देखि सुरु भएको अधिवेशनमा ९ सय ६ प्रतिनिधि (मतदाता) मध्ये इलोक्ट्रोलिक भोटिङ मेसिनको आधारमा भएको मतदानमा ८ सय ९६ मत खसेको थियो।

प्रकाशित: १९ असोज २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 2 =