इग्ल्यान्डमाथि न्युजिल्यान्डको सहज जित

हिमाल प्रेस १८ असोज २०८० २१:०६
18
SHARES
इग्ल्यान्डमाथि न्युजिल्यान्डको सहज जित तस्बिर : न्युजिल्याण्ड क्रिकेट बोर्ड

काठमाडौँ- एक दिवसीय क्रिकेट विश्वकप २०२३ को उद्घाटन खेलमा न्युजिल्याण्डले इग्ल्याण्डमाथि सहज जित निकालेको छ। २८३ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले ३६.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

न्युजिल्याण्डका लागि डेभन कन्भेले नटआउट १५२ रन तथा रचिन रविन्द्रले नटआउट १२३ रन बनाए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो।

इग्ल्याण्डका लागि जो रूटले ८६ बलमा ७७ रन तथा जोस बट्लरले ४२ बलमा ४३ रन बनाएका थिए। भारतमा बिहीबारदेखि क्रिकेट विश्वकप २०२३ प्रतियोगिता सुरु भएको छ। गुजरातस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा उद्घाटन खेल भएको हो। प्रतियोगिताको अर्को खेल शुक्रबार पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ।

प्रकाशित: १८ असोज २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =