सरकारको लोकप्रियता घट्यो, महंगी बढ्यो : प्रदीप पौडेल

हिमाल प्रेस १८ असोज २०८० १३:५५
20
SHARES
सरकारको लोकप्रियता घट्यो, महंगी बढ्यो : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको लोकप्रियता घटेको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले बजारमा मूल्यवृद्धि बढेको तर सरकारको लोकप्रियता घटेको दाबी गरेका हुन्।

उनले देश आर्थिक मन्दीले थलिएको बताए। कालोबजारीलाई गर्ने र कृत्रिम अभाव गर्नेलाई कारबाही गर्न सरकारलाई आग्रह गरे।

‘एक त देश आर्थिक मन्दीले थलिएको छ। ३५ प्रतिशत सटर बन्द भएको तथ्याङ्क सार्वजनिक भएको छ। यति नै बेला उपभोक्तालाई मार पर्ने गरी बजारमा मूल्यवृद्धि भइरहेको छ। १९ सयमा पाइने बोराको मूल्य ३ हजार पर्छ। चिनी, दाल, तरकारीको मूल्य आकासिएको छ,’पौडेलले भने,‘यति बेला सबै चिजको मूल्य बढेको छ। सरकारप्रतिको भरोसा र लोकप्रियता मात्र नबढेको स्थिति हो। सरकारलाई अनुरोध गर्न चाहन्छु, देखावटी रुपमा साच्चै मूल्य नियन्त्रण र कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरी सरकारको उपस्थिति देखाओस्।’

प्रकाशित: १८ असोज २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =