नाडामा प्रि-बुक गरिएका सिट्रोन गाडी दसैँ अघि नै ग्राहकले पाउने

हिमाल प्रेस १७ असोज २०८० २१:४४
नाडामा प्रि-बुक गरिएका सिट्रोन गाडी दसैँ अघि नै ग्राहकले पाउने

काठमाडौँ- नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ।

सांग्रिलाको यो कदमले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको कम्पनीले बताएको छ। यसअघि गत भदौमा सम्पन्न नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतीय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए।

‘सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले नाडा अटो शोमा ग्राहकहरुले देखाएको माया र साथप्रति कम्पनी आभारी रहेको भन्दै दसैँ अगाडि नै उपलब्ध् गराउन लागेको बताए।

प्रकाशित: १७ असोज २०८० २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =