कुनै पनि हालतमा सरकारले प्रहरी समायोजन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस १७ असोज २०८० १७:४९
502
SHARES
कुनै पनि हालतमा सरकारले प्रहरी समायोजन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनबिनाको सङ्घीयता निष्प्रभावी हुने बताएका छन्। बुधबार महोत्तरीको बर्दिबासमा गृह मन्त्रालयद्वारा आयोजित समसामयिक सुरक्षासम्बन्धी मधेस प्रदेश स्तरीय अन्तरक्रियामा बोल्दै उनले संघीयतामा प्रहरी समायोजन अनिवार्य सर्त भएको बताएका हुन्।

‘प्रहरी समायोजन र सङ्घीयता अभिन्न अङ्गको प्रक्रिया हो। प्रहरी समायोजनबिना सङ्घीयता कामै छैन। सरकार समायोजनको पक्षमा छ। यसको गृहकार्य सरकारले गरिरहेको छ’, उनले भने।

पारित भएको प्रहरी ऐनमा समायोजनसम्बन्धी समस्या भए प्रहरी महानिरीक्षक, सङ्घीय गृह सचिव, सबै प्रदेशका गृहमन्त्री बसेर छलफल गर्न सकिने उनको भनाइ छ। उनले सङ्घीयतालाई निष्क्रिय बनाउन नदिन प्रहरी समायोजन कुनै पनि हालतमा कार्यान्वयन गरेर छाड्ने प्रतिबद्धता जनाए।

त्यस्तै उनले राष्ट्रिय सुरक्षालाई बलियो बनाएर भौगोलिक एकता, राष्ट्रिय अखण्डता र व्यवस्थामाथि भएको आक्रमणबाट बचाउन सामाजिक सदभाव आवश्यक भएको बताए। पछिल्लो समय सामाजिक र धार्मिक द्वन्द्व भड्काउन उद्धत रहेको भन्दै त्यसतर्फ चनाखो रहन श्रेष्ठले आग्रह गरे।

प्रकाशित: १७ असोज २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =