इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका कार्कीले शनिबार विश्वासको मत लिने भएका हुन्।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु गरिएको हो। असोज २० गते शनिबार विश्वासको मत लिने तयारी भएको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
प्रकाशित: १७ असोज २०८० १७:४५
प्रतिक्रिया