साहित्यकारत्रय कोइराला, अर्याल र घिमिरेको सम्झनामा कवि गोष्ठी

हिमाल प्रेस १६ असोज २०८० २२:४९
4
SHARES
साहित्यकारत्रय कोइराला, अर्याल र घिमिरेको सम्झनामा कवि गोष्ठी

कोलोराडो (संयुक्त राज्य अमेरिका)- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले नेपालीका तीन मूर्धन्य साहित्यकारहरू आख्यानकार विश्वेश्वरप्रसाद कोइराला, हास्यव्यंग्य निबन्धकार भैरव अर्याल र राष्ट्रकवि माधव घिमिरेको सम्झनामा अनलाइन कवि गोष्ठी आयोजना गरेको छ। कार्यक्रममा साहित्यकार पुष्पराज पौडेलले तीनैजना स्रष्टामाथि रचना गरिएको छन्दकविता वाचन गरेका थिए।

यसैगरी अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा र साहित्यकार डा. सुशील ताम्राकारले कोइराला, अर्याल र घिमिरेल नेपाली साहित्यमा दिएको योगदानका बारेमा चर्चा गरेका थिए।

कार्यक्रमका सहभागी साहित्यानुरागी व्यक्तित्वहरूले आआफ्ना रचना वाचन गरेर कोइराला, अर्याल र घिमिरेप्रति शब्दश्रद्धा अर्पण गरेका थिए। कवितामार्फत स्रष्टाहरूमाथि शब्दश्रद्धा व्यक्त गर्नेमा अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, अनेसास कोलोराडो शाखाका पूर्वअध्यक्ष प्रभा आचार्य र भूपेन्द्र महत, अनेसास कोलोराडो शाखाका सल्लाहकार वासुदेव खनाल, केशव आचार्य, माधव शिवाकोटी, रमा पोखरेल, दीप्ति आचार्य, गंगा पौडेल, रन्जु आचार्य, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, मीना पौडेल, समीर आचार्य, डा. भीमप्रकाश कट्टेल, गंगा अभिलाषी, दामोदर लुइटेल, पार्वती शर्मा, उपेन्द्र घिमिरेलगायत थिए।

कार्यक्रमको सञ्चालन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारीले गरेका थिए। यस्तै उक्त कार्यक्रम शाखा अध्यक्ष राजु सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: १६ असोज २०८० २२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =