एमाले गण्डकीमा नयाँ नेतृत्व चुन्न‍ भोलि मतदान

हिमाल प्रेस १६ असोज २०८० १५:३५
6
SHARES
एमाले गण्डकीमा नयाँ नेतृत्व चुन्न‍ भोलि मतदान

पोखरा– नेकपा एमाले गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चुन्न मनोनयन प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाबमोजिम मनोनयन प्रक्रिया सुरु हुन लागेको अधिवेशन प्रचारप्रसार उपसमिति सहसंयोजक रामजीप्रसाद लम्सालले बताए।

त्यसअघि, अध्यक्ष नवराज शर्माले प्रस्तुत गरेको राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न ८ समूह गठन गरिएको थियो। त्यसबारे विस्तृत छलफलपछि प्रतिवेदन पारित गरिएको छ।

पोखरा सभागृहमा जारी अधिवेशनमा मंगलबार साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्न सकिने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले बताए। त्यसपछि उम्मेदवारको विरोधमा उजुरी तथा त्यसउपर छानबिनसँगै राति साढे ८ बजेसम्म उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ।

बुधबार बिहान १० बजेसम्म मनोनयन फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिका छ। र, दिउँसो १ बजदेृखि मतदान हुनेछ। नयाँ कार्यसमितिका लागि सकेसम्म सर्वसम्मत् प्रयास हुने जनाइएको छ।

नेतृत्वका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीको चर्चा छ। अधिवेशनले १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन्। सोमबार उद्घाटन भएको अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ८ जना प्रतिनिधिले भाग लिएका छन्।

प्रकाशित: १६ असोज २०८० १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =