राप्रपाका दुई नेता निलम्बित

हिमाल प्रेस १६ असोज २०८० ६:५१
10
SHARES
राप्रपाका दुई नेता निलम्बित

काठमाडौँ- राप्रपाले दुई नेतालाई निलम्बन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले झापाका केन्द्रीय सदस्य नवराज पनेरु (राजु) र मोरङ जिल्ला‌ कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गर्ने निर्णय गरेको हो।

पार्टीको हित र स्वार्थमा‌ आघात पुग्ने गरी अनुशासनहीन कार्य गरेकाले अनुशासन समितिको सिफारिस बमोजिम उनीहरूलाई निलम्बन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: १६ असोज २०८० ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =