एमसीसी सीईओसँग मन्त्री ज्वालाले भने : एमसीसी कार्यान्वयनमा शंका नगर्नू

हिमाल प्रेस १५ असोज २०८० २०:०३
6
SHARES
एमसीसी सीईओसँग मन्त्री ज्वालाले भने : एमसीसी कार्यान्वयनमा शंका नगर्नू

काठमाडौँ-  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटका लागि पुगेका अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डललाई मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन्।

‘नेपाल सरकार र सार्वभौम संसद्ले एमसीसी परियोजना पास गरिसकेको छ, परियोजनाको सफल कार्यान्वयनमा नेपाल सरकारले कुनै कमी गर्नेछैन,’ मन्त्री ज्वालाले भने, ‘परियोजनामा केही समस्या छन्, तर ठीक समयमा सुरु गरेर ठीक समयमा निर्माण सकेपछि अहिले उब्जिएका कतिपय समस्याहरू आफैँ हल भएर जानेछन्।’

प्रमुख कार्यकारी अधिकृत अलब्राइटले एमसीसी परियोजना सहज रूपमा कार्यान्वयनमा गएकाप्रति आफूलाई खुसी लागेको बताइन्।

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन लगायतको उपस्थिति थियो। -रासस

प्रकाशित: १५ असोज २०८० २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =