टिभिएसको ‘एनओजी जनकपुर च्याप्टर राइड’ सम्पन्न

हिमाल प्रेस १५ असोज २०८० १९:२८
टिभिएसको ‘एनओजी जनकपुर च्याप्टर राइड’ सम्पन्न

काठमाडौँ- टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले जनकपुरमा एनओजी (एन्टर्क ओनर्स ग्रूप) पहिलो पटक राइड सम्पन्न गरेको छ।

गत असोज १३ गते शनिबार भएको उक्त राइड टिभिएसको जनकपुर शोरूम (आर्यन आटोमोबाइल्स)बाट सुरु भएर बर्दिबास रिसोर्ट, बर्दिबास पुगेर समापन भएको हो।

राइडमा सहभागीहरूको बीचमा विभिन्न गेमहरू पनि खेलाइएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा सहभागीहरूलाई राइडर प्रमाणपत्र प्रदान गरिएको कम्पनीको भनाइ छ।

करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सुरक्षा सावधानीसहित सञ्चालन गरिएको थियो। राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाबारे जानकारी पनि गराएको थियो।

प्रकाशित: १५ असोज २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =