शिल्पीमा नाटक ‘कालो अक्षर र रातो अक्षर’

हिमाल प्रेस १५ असोज २०८० १४:४९
92
SHARES
शिल्पीमा नाटक ‘कालो अक्षर र रातो अक्षर’

काठमाडौँ– बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘कालो अक्षर र रातो अक्षर’ मञ्चन हुने भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो।

नाटकमा शिक्षा प्रणालीमा भइरहेको विकृति, विद्यालयमा विद्यार्थी आन्दोलनले पारेको प्रभावको विषय समेटिएको छ। असोज १७ गतेदेखि २७ गतेसम्म मञ्चन हुने शिल्पी थिएटरले जनाएको छ। अखिल स्थायी कमिटिका सदस्य आर. के. रोमसको लेखन रहेको नाटक अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पना गरेका छन्।

नाटक दिलिप खड्काको निर्देशन र खिलकुमार राई (रियर राई)को सह–निर्देशनमा तयार पारिएको छ। नाटकमा कलाकार दिनेश काफ्ले, मिलन कार्की, अनुप न्यौपाने, बालकृष्ण रिजाल, योगिन राई, रेनुनाथ योगी, सञ्जीव राई, संगीता थापा, सुजैन सिलवाल र सुदीप खतिवडाको अभिनय गरेका छन्।

नाटक साताको प्रत्येक दिन मंगलबार बाहेक साँझ सवा पाँच बजे मञ्चन हुने छ। र शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि हुनेछ।

प्रकाशित: १५ असोज २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + five =