कर्णालीका ८३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा

हिमाल प्रेस १५ असोज २०८० १३:३७
4
SHARES
कर्णालीका ८३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा

काठमाडौँ– कर्णालीका ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँचमा पुगेको प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट छ।

विभिन्न चरणमा गरी १० हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहेकाे मन्त्रालयका योजना महाशाखा प्रमुख गोपाल शर्माले जानकारी दिए। उनकाअनुसार हालसम्म ८२.९३ प्रतिशत नागरिकको घरमा ऊर्जाको पहुँच पुगेको छ ।

‘कर्णालीमा ऊर्जा उत्पादनको अवस्था १६.५४ मेगावाट छ । प्रदेशका ३ लाख ७ हजार ८७२ घरधुरीमा विद्युतीकरण गरिएको छ,’ शर्माले भने ‘जसमध्ये राष्ट्रिय प्रसारण लाइनबाट २ लाख ४६ हजार १३१ घरधुरीमा विद्युतीकरण भएको र बाँकी ६१ हजार ७४१ मा नवीकरणीय ऊर्जाबाट विद्युतीकरण गरिएको छ।’

शर्माका अनुसार प्रदेशभर ६३ हजार ३९३ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ। दुई वर्षभित्र कर्णालीका सम्पूर्ण घरधुरीमा विद्युतीकरण गर्ने लक्ष्य सरकारले लिएको छ।

प्रकाशित: १५ असोज २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =