काठमाडौँका यी स्थानमा आज सवारी चलाउन नपाइने

हिमाल प्रेस १५ असोज २०८० ७:३४
22
SHARES
काठमाडौँका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौँ-  काठमाडौँका केही स्थानमा आज सवारीसाधन आवागमन प्रभावित हुने भएको छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

महानगरका अनुसार आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन पाइने छैन।

काठमाडौँ महानगरले सूचना जारी गर्दै काठमाडौँको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारीसाधन प्रवेशमा रोक लगाइएको बताएको छ।

प्रकाशित: १५ असोज २०८० ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =