४५ वर्षपछि फेरि सुरु भयो पचली भैरवको लिंगो ठड्याउने जात्रा

हिमाल प्रेस १ कार्तिक २०८० १२:४६ | Wednesday, October 18, 2023
४५ वर्षपछि फेरि सुरु भयो पचली भैरवको लिंगो ठड्याउने जात्रा

काठमाडौँ- लामो समयदेखि रोकिएको पचली भैरवको लिंगो ठड्याउने जात्रा पुनःस्थापित भएको छ। विविध कारणले ४५ वर्षअघि बन्द भएको पचली भैरवको लिंगो ठड्याउने जात्राअन्तर्गत बुधबार लिंगो ठड्याइएको हो।

आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको मानिन्छ। यो परम्परालाई पुन: सुरु गरिएको काठमाडौँ महानगर–१२ का वडाध्यक्ष एवं जात्रा व्यवस्थापन समितिका संयोजक बालकृष्ण महर्जनले जानकारी दिए।

लिंगो उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा छ।

यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने परम्परा छ। अष्टमीका दिन दसैँको विशेष उल्लास सुरु हुँदा लिंगो ढालिन्छ। मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास छ।

प्रकाशित: १ कार्तिक २०८० १२:४६ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast