४३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने १ अर्ब पुगेन

हिमाल प्रेस १ कार्तिक २०८० १६:१२ | Wednesday, October 18, 2023
४३ अंकले बढ्यो नेप्से, कारोबार रकम भने १ अर्ब पुगेन

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) ४३.२७ अंकले बढेको छ। आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ३१ हजार ७८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ९३ करोड ४८ लाख ९४ हजार २१८ मा खुम्चिएको छ।

बुधबार २१० कम्पनीको सेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ। आज सबै उपसमूहको सूचक बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बिमा उपसमूहको सूचक २.८७ र विकास बैंक उपसमूहको सूचक २.७४ प्रतिशतले बढेको छ। आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.६२ प्रतिशतले घटेको छ।

रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने कुमारी बैंक लिमिटेड प्रमोटर सेयर ३ लाख १० हजार कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित: १ कार्तिक २०८० १६:१२ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast