सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

हिमाल प्रेस २६ असोज २०८० १२:२८ | Friday, October 13, 2023
सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ- सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको ४१८औँ बैठकले हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँको ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख ८८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारण सभाले पारित गरेर वितरण गरिने छ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब १६ करोड खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २६ करोड अर्थात् ९.११ प्रतिशतले बढी हो।

खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको छ। जसको कारण बैंकले आर्थिक वर्ष २०७९/८० को खुद मुनाफाबाट १ अर्ब ४६ करोड रुपैयाँ बराबर रकम ऋणपत्रको लागि पुँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो।

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्क भएपश्चात सेयरधनीलाई नै वितरण गरिन्छ। तसर्थ विनियोजित रकम १ अर्ब ४६ करोडसमेत गणना गर्दा बैंकको वास्तविक वितरणयोग्य मुनाफा २ अर्ब १२ करोड रुपैयाँ कायम हुन आउँछ।

२०८० असार मसान्तमा बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष ११ अर्ब २२ करोड रहेको छ। बैंकको नेटवर्थ २५ अर्ब ३१ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षभन्दा ३ अर्ब ७१ करोडले वृद्धि भएको हो।

बैंकले यस आर्थिक वर्षमा ५९ करोड नगद लाभांश वितरण गरे पश्चात पनि बैंकको नेटवर्थमा अघिल्लो आवभन्दा १४.४३ प्रतिशतले वृद्धि हुने देखिन्छ।

प्रकाशित: २६ असोज २०८० १२:२८ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast