साउदी अरेबियालाई नेपालको ३ सय ४८ रनको लक्ष्य

हिमाल प्रेस २ कार्तिक २०८० १२:३१ | Thursday, October 19, 2023
साउदी अरेबियालाई नेपालको ३ सय ४८ रनको लक्ष्य

काठमाडौँ– एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियागिताअन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि ३ सय ४८ रनको विशाल लक्ष्य दिएको छ।

मलेसियाको वाईएसडी यूकेएम ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रनको योगफल बनायो।

नेपालका अर्जुन कुमालले सर्वाधिक १ सय ४२ रनको योगदान दिए। उनले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको शतकीय इनिङ खेले। यस रनसँगै अर्जन नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कुशल मल्लका नाममा थियो। गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्धको खेलमा उनले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए।

त्यसैगरी आकाश त्रिपाठीले ९० रन बनाए भने दीपक बोहराले २९ रन जोडे। दीपकप्रकाश डुम्रेले १४ रन जोडे। मिलन बोहराले ९ रन बनाए भने दीपेश कँडेलले १४ रन बनाए। विशालविक्रम केसी २४ रनमा अविजित रहे।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले समान दुई/दुई विकेट लिए भने जुहेयर मोहम्मद, अब्दुल्लाहा सिराज र सजिब मुजिबुर रहमानले समान एक/एक विकेट लिए।

प्रकाशित: २ कार्तिक २०८० १२:३१ | Thursday, October 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast