सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान रोकिँदैन: वर्षमान पुन

हिमाल प्रेस १४ असोज २०८० १७:०५ | Sunday, October 1, 2023
सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान रोकिँदैन: वर्षमान पुन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताएका छन्। आइतबार काठमाडौंको वनस्थलीमा ‘हाम्रो एकता खेलकुद क्लब’ले आयोजनागरेको खुला फुटसल प्रतियोगिताको उद्‌घाटन गर्दै उनले जो कोही मुछिने अवस्था आए पनि सरकारले सुशासनका लागि थालेको भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताएका हुन्।

‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले सुशासन, समृद्धि र साथै सामाजिक न्यायको कामलाई अगाडि बढाएको छ। सरकारले भ्रष्टाचार र तस्करीविरुद्ध चलाएको अभियान जो कोहीतिर सुई सोझिए पनि रोकिँदैन’, उनले भने। तर, आफ्नो दलसँग असहमत दल, व्यवसायी वा सामूहप्रति पूर्वग्राहपूर्ण व्यवहार गर्न नहुनेमा पार्टी र सरकार स्पष्ट रहेको पुनले बताए।

सीमित गल्ती गर्नेहरूका कारण गल्ती नै नगर्ने मानिसमा असुरक्षाको भावना जागृत हुन नहुनेले उनले बताए। ‘हामी मानिसको स्वतन्त्रतापूर्वक हिँड्न पाउने, व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्न र व्यवसाय गर्न पाउने वातावरणसहितको शान्तिपूर्ण समाज निर्माणको पक्षमा छौँ’, पुनले भने।

प्रकाशित: १४ असोज २०८० १७:०५ | Sunday, October 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast