संविधान र कानुनले निषेध गरेको कुराप्रति सरकार गम्भीर भएन : कमल थापा

हिमाल प्रेस २९ असोज २०८० १२:१२ | Monday, October 16, 2023
संविधान र कानुनले निषेध गरेको कुराप्रति सरकार गम्भीर भएन : कमल थापा

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान र कानुनले निषेध गरेको कार्यप्रति सरकार संवेदनशील नभएका कारण धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका छन्।

विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले धर्म परिवर्तन गराउने र गौहत्याजस्ता संविधान र कानुनले निषेध गरेको कार्य भइरहेको प्रति सरकार संवेदनशील हुन नसक्दा धार्मिक र सामाजिक सद्भाव बिग्रँदै गएको बताएका हुन्।

उनले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम गराउन संविधान र कानुनको पूर्ण पालना गराउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। थापाले समाजमा द्वन्द्व भड्काउन सक्ने स्थितिप्रति सबै पक्ष सचेत बन्नुपर्ने बताए। त्यस्तै अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले नै जातीय राज्य बनाउने अभिव्यक्ति दिनु गलत भएको टिप्पणी गरे।

थापाले नेपालले नक्सामा समेटेको र भारतले समेत विवादित क्षेत्र भनेर तोकेको कालापानी क्षेत्रमा भारतिय प्रधानमन्त्रीको भ्रमण बारे सरकारले कूटनीतिक नोट पठाउनुपर्ने बताए।

प्रकाशित: २९ असोज २०८० १२:१२ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast