विश्वकप एसिया छनोट : मलेसियासँग जितको खोजीमा नेपाल

हिमाल प्रेस १४ कार्तिक २०८० ६:४४ | Tuesday, October 31, 2023
विश्वकप एसिया छनोट : मलेसियासँग जितको खोजीमा नेपाल नेपाली क्रिकेट टोली। फाइल : तस्बिर

काठमाडौँ- घरेलु टोली नेपालले आज मंगलबार आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ।

नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो।

नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ। मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।

मलेसियाविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोली बाहिर रहनेछन्।

सिंगापुरविरुद्धको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको एंकलमा चोट लागेपछि दिपेन्द्रले आजको खेल गुमाउनेछन्।

सिंगापुरविरुद्धको खेल अघि नै भाइते भएपछि उनको स्थान विवेक यादवले लिएका थिए।

प्रकाशित: १४ कार्तिक २०८० ६:४४ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast