राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ २९ असोज २०८० १३:५८ | Monday, October 16, 2023
राष्ट्र बैंकमा नयाँ नोट साट्नेको भीड [तस्बिरहरू]

काठमाडौँ– नेपाल राष्ट्र बैंकले दसैँतिहारलगायत चाडबाडलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको छ। राष्ट्र बैंकले हरेक वर्ष चाडबाडका समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।

काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको छ। नोट साट्न विभाग परिसरमा सर्वसाधारणको भीड लागेको छ।

वाणिज्य बैंकहरूले पनि राष्ट्र बैंकबाट त्यस्ता नोट लिएर सटही सुविधा दिइरहेका छन्। पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नोट साट्न पाइने बैंकले जनाएको छ।

 

प्रकाशित: २९ असोज २०८० १३:५८ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast