यूएईको पनि विजय सुरुवात

हिमाल प्रेस १३ कार्तिक २०८० १४:२६ | Monday, October 30, 2023
यूएईको पनि विजय सुरुवात

काठमाडौँ– आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गरेको छ। योसँगै यूएईले विजयी सुरुवात गरेको छ। समूह ‘ए’ मा नेपालले पनि विजयी शुरुवात गरेको छ भने समूह ‘बी’ मा युएईले दुई महत्त्वपूर्ण अंक जोडेको हो।

जितको लागि यूएईले १ सय ३६ रनको लक्ष्य पाएको थियो। यूएईले १८.२ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो। यूएईको जितमा युवा अलराउन्डर अली नासिरले २६ बलमा ४ चौका र ३ छक्कासहित ४८ रनमा नट आउट रहँदै महत्त्वपूर्ण योगदान दिए। बासिल हामिदले ८ बलमा १ चौकासहित ११ रन बनाए।

ओपनर मोहम्मद वासिम १२, अर्यांश शर्मा ९, वृत्य अरविन्द शून्य, आसिफ खान २३ र एलिशान शराफु २७ रनमा आउट भए। बहराइनका तीव्र गतिका बलर मोहम्मद रिजवान बटले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अब्दुल मजिद र सचिन कुमारले एक/एक विकेट लिए।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।

बहराइनका हैदर अलीले ४३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अविजित इनिङ खेलेका थिए। उनको अर्धशतकले खेल जितको लागि पर्याप्त हुन सकेन। यूएईले मंगलबार कुवेत र बिहीबार हङकङसँग खेल्नेछ। त्यस्तै आज नेपालले पनि सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ। नेपालले भोलि मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित: १३ कार्तिक २०८० १४:२६ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast