काठमाडौँ- गोँगबुस्थित नयाँ बसपार्कबाट टिकट खुलेको पहिलो दिनमै २४ हजार ३४० यात्रुले टिकट खरिद गरेका छन्।
असोज २२ गतेदेखि चाडपर्वलाई लक्षित गरि टिकट बुकिङ खुला भएको थियो। सरकारले सोमबारदेखि लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनका लागि अग्रिम टिकट खुलाए पनि छोटो दूरीमा जाने सवारी साधनका लागि भने घटस्थापनादेखि खुलाउने तयारी गरेको छ।
नयाँ बसपार्कबाट ७० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत हुँदै आएका छन्।
प्रकाशित: २३ असोज २०८० १४:४७ | Tuesday, October 10, 2023
प्रतिक्रिया




