टी२० आई सिरिज

नेपाल पराजित, यूएईले जित्यो उपाधि

हिमाल प्रेस १० कार्तिक २०८० १५:१२ | Friday, October 27, 2023
नेपाल पराजित, यूएईले जित्यो उपाधि

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ४ विकेटले पराजित गरी त्रिदेशीय टी-२० क्रिकेट सिरिजको उपाधि जितेको छ। काठमाडौँको त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा यूएईले नेपाललाई हराएको हो।

जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। यूएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भएका थिए।

युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भएका थिए। यूएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

आसिफ खान ७, अलिसान सराफु १३ रनमा आउट भए। वृत्या आनन्दलाई दीपेन्द्रसिंह ऐरीले सानदार रनआउट गरी नेपालको आशा जगाएका थिए। अली नासिरलाई अविनाश बोहराले ९ रनमा बोल्ड गरेका थिए। बासिल हमिद र आयान अफजल खानले अविजित रहँदै यूएईलाई विजय दिलाएका हुन्।

नेपालका गुल्सन झा र अविनाशले २/२ विकेट लिएका थिए। कुशल मल्लले १ विकेट लिएका थिए। यसअघि यूएईले टस जितेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ६२ रन बनाएको थियो।

प्रकाशित: १० कार्तिक २०८० १५:१२ | Friday, October 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast