नाटक ‘ब्युँझिएको सिरानी’ र ‘वेडिङ एल्बम’को सो थपियो

हिमाल प्रेस २८ असोज २०८० १२:२४ | Sunday, October 15, 2023
नाटक ‘ब्युँझिएको सिरानी’ र ‘वेडिङ एल्बम’को सो थपियो

काठमाडौँ– उपत्यकामा मञ्चन भइरहेको दुई नाटक ‘ब्युँझिएको सिरानी’ र ‘वेडिङ एल्बम’ को सो थपिएको छ। शनिबारसम्म मञ्चन हुने भनिएको नाटकको सो थपिएको हो। दर्शकको अत्याधिक चापअनुसार सो थपिएको ‘ब्युँझिएको सिरानी’का निर्देशक जेडी तमुले बताए। निर्देशक तमुका अनुसार नाटक अब कात्तिक २ गतेसम्म मञ्चन हुनेछ। थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक मानसिक स्वास्थ्यका विषयमा आधारित छ।

मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायतले अभिनय गरेका छन्।

नाटक वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह–प्रस्तुतिमा तयार भएको हो। नाटक प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन हुनेछ।

त्यस्तै टेकुस्थित कौसी थिएटरमा मञ्चन गरिएको नाटक ‘वेडिङ एल्बम’को पनि तीन सो थपिएको छ। आइतबार (आज) बेलुका सवा पाँच बजे एक सो हुनेछ। भने भोलि अर्थात सोमबार दिउँसो एक बजेको अतिरिक्त सो पनि हुने जनाइएको छ। अब नाटक असोज २९ गतेसम्म चल्नेछ।

भारतीय रंगकर्मी गिरीश कर्नाडको नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी छन्। मध्यम वर्गीय हिन्दु परिवारमा छोरीको विवाहलाई मुख्य विषय बनाइएको नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २८ असोज २०८० १२:२४ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast